नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वन तथा भू-संरक्षण विभाग

सामुदायिक वन अध्ययन केन्द्र

परिचय

कार्य विवरण

अध्ययन केन्द्रले नेपाल सरकारको वन क्षेत्रसँग सम्बन्धित कानून, नीति, रणनीति तथा योजनाले निर्दिष्टगरेका क्षेत्रहरुलाई मध्यनजर गर्दै देहायका कार्यहरु गर्नको लागि सहयोग र सहजीकरण गर्नेछ।

  • • अध्ययन अनुसन्धान तथा क्षमता विकास
  • • कोष व्यवस्थापन
  • • मूल्याकंन तथा पुरस्कार व्यवस्थापन
  • • प्रयोगशाला स्थापना तथा सञ्चालन
  • • पुस्तकालय स्थापना
  • • वन व्यवस्थापन पद्धती अवलम्वन
  • • गोष्ठी, सेमिनार तथा तालिम कार्यक्रम सञ्चालन
  • • बौद्धिक अधिकार
  • • उद्यम विकास ,पैरवी, र परामर्श सेवा संचालन
  • • प्रचार–प्रसार तथा प्रकाशन
  • • व्यावसायिक कार्ययोजना निर्माण
  • • प्रमाणिकरण र नियमन
  • • वातावरणिय सेवा संचालन

 

परिचय

 

नेपालमा सामुदायिक वनको अवधाराणाले मूर्तरुप लिएको आज तीन दशक भन्दा बढी भई सकेको छ । हालसम्म देशको कूल जनसंख्याको ३५ प्रतिशत जनता सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध भई सकेका छन् । सामुदायिक वनका कार्ययोजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण आज देशका नागांपाखा र वञ्जर भूमिहरु हरियालीमा परिणत भई सकेका छन् । नेपाललाई विश्व जनमत समक्ष चिनाउनका लागी सामुदायिक वन आज एउटा गतिलो र भरपर्दो माध्यम बनेको अवस्था छ । विश्व जनमत समक्ष नेपाललाई सामुदायिक वनको मुलुक भनेर चिनाउन पाउनु नेपाली मात्रका लागी गर्वको विषय बनेको छ । यसका अतिरिक्त नेपालको ग्रामिण समुदायमा बस्ने जनताका लागी सामुदायिक वन जीविकोपार्जनको गतिलो माध्यम बनेको अवस्था एकातीर छ भने अर्कातीर सामुदायिक वनको दिगो व्यवस्थापन तथा उपभोक्ता वर्गको शसक्तिकरण गर्नु पर्ने विषय एउटा टडकारो आवश्यकताको रुपमा पनि देखिएको अवस्था छ । त्यसैगरी सामुदायिक वनका कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शिरुपमा कार्यान्वयन गर्ने विषय पनि आजको अहम सवाल हो । यसै सन्दर्भलाई मध्यनजर गरी नेपाल सरकार मंत्रीस्तरको मिति २०७३।२।१८ को निर्णयले सामुदायिक वन अध्ययन केन्द्रको अवधाराणा ल्याएको छ । त्यसैगरी विकास समिती ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अध्ययन केन्द्र गठन आदेश २०७४ समेत स्विकृत भएको तथा वन तथा भू संरक्षण विभाग अन्र्तगत संघिय कार्यालयहरुको संगठन संरचनामा रहने गरी सामुदायिक वन अध्ययन केन्द्र नेपाल गठन भएको देखिन्छ । अध्ययन केन्द्रका लागी एक जना उप सचिवको नेतृत्वमा जम्माजम्मी १६ जना कर्मचारीहरुको दरवन्दी समेत स्विकृत भै कार्यालय संचालनार्थ छुट्टै वजेट समेत विनियोजन भएको अवस्था छ ।

 

सोच

सामुदायिक वनः शसक्तिकरण र समृद्धिको आधार

 

लक्ष्य

सामुदायिक वनको प्रभावकारी व्यवस्थापन र प्रवर्द्धन गरी उपभोक्ताको आवश्यकता र चाहना पुरा गर्न सशक्तीकरणको माध्यमबाट उपयुक्त व्यवस्थापन कार्य पद्धति विकास गरी लागु गर्न कार्यमूलक अनुसन्धान सञ्चालन गरी नतिजा प्रदर्शन गर्ने कार्यमा सहयोग पुर्‍याउनु ।