नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वन तथा भू-संरक्षण विभाग

सामुदायिक वन अध्ययन केन्द्र

सामुदायिक वन अनुगमन

प्रमुख
शाेभा सुवेदी
सूचना अधिकारी
अस्मिना घिमिरे

हाम्रो बारेमा

नेपालमा सामुदायिक वनको अवधारणाले मूर्तरूप लिएको आज तीन दशक भन्दा बढी भई सकेको छ । हालसम्म देशको कूल जनसङ्ख्याको ३५ प्रतिशत जनता सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भई सकेका छन् । सामुदायिक वनका कार्य योजनाहरूका प्रभावकारी कार्यान्वयनका कारण आज देशका नागा पाखा र बन्जर भूमिहरू हरियालीमा परिणत भई सकेका छन् । नेपाललाई विश्व जनमत समक्ष चिनाउनका लागी सामुदायिक वन आज एउटा गतिलो र भरपर्दो माध्यम बनेको अवस्था छ । विश्व जनमत समक्ष नेपाललाई सामुदायिक वनको मुलुक भनेर चिनाउन पाउनु नेपाली मात्रका लागी गर्वको विषय बनेको छ । यसका अतिरिक्त नेपालको ग्रामीण समुदायमा बस्ने जनताका लागी सामुदायिक वन जीविकोपार्जनको गतिलो माध्यम बनेको अवस्था एकातिर छ भने अर्कातिर सामुदायिक वनको दिगो व्यवस्थापन तथा उपभोक्ता वर्गको सशक्तीकरण गर्नु पर्ने विषय एउटा टड्कारो आवश्यकताको रुपमा पनि देखिएको अवस्था छ । त्यसै गरी सामुदायिक वनका कार्यक्रमहरूलाई प्रभावकारी र पारदर्शितमा कार्यान्वयन गर्ने विषय पनि आजको अहम् सवाल हो । यसै सन्दर्भलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री स्तरको मिति २०७३।२।१८ को निर्णयले सामुदायिक वन अध्ययन केन्द्रको अवधारणा ल्याएको छ । त्यसै गरी विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अध्ययन केन्द्र गठन आदेश २०७४ समेत स्वीकृत भएको तथा वन तथा भू संरक्षण विभाग अन्तर्गत सङ्घीय कार्यालयहरूको सङ्गठन संरचनामा रहने गरी सामुदायिक वन अध्ययन केन्द्र नेपाल गठन भएको देखिन्छ । अध्ययन केन्द्रका लागी एक जना उप सचिवको नेतृत्वमा जम्माजम्मी १६ जना कर्मचारीहरूको दरबन्दी समेत स्वीकृत भई कार्यालय सञ्चालनार्थ छुट्टै बजेट समेत विनियोजन भएको अवस्था छ ।

तथ्य र चित्र

Total facts and figures per year

22519

सामुदायिक वन

7607

कबुलियती वन

31

साझेदारी वन

179

धार्मिक वन

10

संरक्षण वन